जनादेश, काठमाडौं ।
काठमाडौँ उपत्यकामा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत दुई महिलामध्ये काठमाडौं र भक्तपुरका एक एक जना महिला रहेका छन् । आइसियूमा उपचाररत दुवै जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौंकी महिलाको शुक्रबार राति र भक्तपुरकी महिलाको शनिबार बिहान मृत्यु भएको हो ।