विपन्नतालाई पराजित गर्दै अघि बढेको एउटा चिनियाँ पहाडी गाउँ (फिचर) – Janadesh Daily | ePaper

विपन्नतालाई पराजित गर्दै अघि बढेको एउटा चिनियाँ पहाडी गाउँ (फिचर)


जनादेश विकास विशेष

छिमेकी देश चीनले गत ४ दशकमा आर्थिक सुधार तथा खुलापनबाट विश्वलाई पत्याउन कठीन पर्ने विकास गरिरहेको छ ।

चीनको विकासमा भौतिक पूर्वाधारको विकास र गरिबी निवारको दर संसारमै अपत्यारिलो छ ।

छिङ हाई प्रान्तीय हु चु थु जातीय स्वायत्त जिल्ला लिउफानशान चीनको पहाडी क्षेत्रमा पर्ने अति गरिब क्षेत्रमा गनिन्थ्यो । सन् २०१६ अगष्टमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हु चु जिल्लाको पान यान गाउँको भ्रमण गरेर गरिबी निवारण गर्नका लागि पुनर्वास कार्यको निरीक्षण गरेका थिए ।

त्यतिबेला अवसरमा नयाँ क्षेत्रमा पुनर्वास गरिबी उन्मुलन गर्ने एउटा प्रभावकारी तरिका भएको र नयाँ क्षेत्रमा पुनर्वासपछि विभिन्न सम्बद्ध कदम र उत्पादन राम्ररी गर्नुपर्ने मूल्याङ्कन गरे ।

केही वर्षयता गरिब पहाडी क्षेत्रबाट सारेका पानयान गाउँले जातीय विशेषताको प्रयोग गरी स्थानीय उद्योगको विकास गरेर क्रमशः गरिबीबाट मुक्त भएर सन्पन्नताको बाटो समातेको छ ।

सन् १९७८ मा आधुनिक चीनका नेता तङ स्यावोफिङले सुधार र खुलापन नीति सुरु गर्दासम्म चीन अत्यन्त गरिब राष्ट्रमा गनिन्थ्यो ।

सन् १९८० देखि ९० को दसकसम्म चीन विश्वबाट धेरै अनुदान सहायता लिने राष्ट्रमा थियो। तर एक्काईसौँ शताब्दी सुरु हुनासाथ अफ्रिका, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियाका मुख्य दाताको रुपमा चीन उदायो। अहिले चीनले १ सय ६६ वटा देश तथा अन्तर्राष्ट्रिय संस्थाहरुलाई वार्षिक ४ खर्ब युआनको हाराहारीमा दान दिँदै आएको छ।

चीनले सन् २ हजार २० मा देशका सबै गरिवीको रेखा मुनिको जनसंख्यालाई गरिवीको रेखाबाट मुक्त गर्ने लक्ष्य लिएको छ । चीनका हरेक जसो सहर र गाउँमा नयाँ नयाँ उद्यमशीलताका उत्कृष्ट नमूना प्रदर्शन भैरहेका छन्

यो पनि हेर्नुस्- 

चीनका पहाडमा यसरी हुँदै रेल र रोडको विकास (फोटो फिचर)

चीनले नेपाली सीमा मिचेको छैन- परराष्ट्र मन्त्रालय (विज्ञप्तिसहित) 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्