डोल्पाको स्याउले बजार नपाएपछि सरकारलाई पूर्वमुख्यसचिव पौडेलको यस्तो आग्रह – Janadesh Daily | ePaper

डोल्पाको स्याउले बजार नपाएपछि सरकारलाई पूर्वमुख्यसचिव पौडेलको यस्तो आग्रह


जनादेश, काठमाण्डौ ।

पूर्वमुख्यसचिब लीालामणि पौडेलले डोल्पामा स्याउ नविकेको समाचार प्रति चासो व्यक्त गर्नु भएको छ । नेपालका उत्पादनले बजार नपाउने तर काठमाडौं लगायतका स्थानमा विदेशी स्याउ किनेर खानुपर्ने अवस्था अन्त्य गर्न उहाँले सरकारलाई आग्रह गर्नु भएको छ ।

पूर्वमुख्य सचिव पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, “डोल्पामा स्याउ नबिकेको समाचार आयो। हामी बिदेशी स्याउ खाइरहेका छौं । अहिले किसानको समस्या समाधान गर्न गाउँगाउँमा निर्वाचित सरकार छ। अहिलेलाइ उचित मुल्यमा किसानको बारीबाट स्याउ बजार पुर्याएर नेपालको आवश्यकता पुरा गर्ने र उपभोग नभइ बाँकी बचेकोलाई कम्तिमा ढुवानी अनुदान दिएर सुर्खेत, नेपालगंज, बुटवल, नारायणघाट, पोखरा, काठमाडौं, बीरगंज, जनकपुर, बिराटनगर जस्ता शहरमा शीत भण्डारहरूमा राख्ने ब्यावस्था स्थानीय सरकारले पुरै सामर्थ्य लगाएर गरिदिनुहोस् ”

No description available.

 

चीनका लागि पूर्वराजदूत समेत रहेका पौडेल सफल र कुशल प्रशासकको छवि बनाएर मुख्यसचिव पदबाट निवृत्त हुनु भएको थियो । उहाँले कृषिलाई सम्मानित पेशा बनाउनुपर्ने धारणा राख्ने गर्नु भएको छ ।

यस अघि गत असारमा पौडेलले खेतमा धान रोपिरहेका र मकै लगायतका खेतीमा गोडमेल गरेका तस्विर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

उहाँले मुख्यसचिव हुने समयमा लेखेको ‘नपढे हलो जोत्लास्’ भन्ने लेख निक्कै चर्चित भएको थियो । उक्त लेखमा उहाँले हलो जोत्ने र कृषि कर्म गर्नेलाई हेयभाव राख्ने गरिएका कारण नेपालमा कृषि क्षेत्र फष्टाउन नसकेको धारणा राखेपछि धेरैले उक्त आलेखको प्रशंसा गरेका थिए ।

यो पनि हेर्नुस् _ चीनमा गरिवी निवारणको चमत्कारः यसरी धनी बन्दैछन् विपन्न गाउँहरु (तस्विर सहित)

तिब्बतमा यसरी हुँदैछ ग्रामीण कृषि पर्यटनको नमूना विकास 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्