एजेन्सी ।
बलिउड अभिनेत्री करिना कपुर र अभिनेता सैफ अली खानलाई पुत्र लाभ भएको छ ।
आइतबार बिहान कपुरले छोरालाई जन्म दिएकी छन् । यसअघि खान दम्पतीका एक छोरा तैमुर अली खान छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
हाल आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यले जनाएका छन् ।