दाङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

दाङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि


प्रकाशचन्द्र नेपाली,

घोराही । दाङमा आज ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा भारतबाट आएका ४५ र २१ बर्षमा दुई पुरुषमा कोरोना देखिएको हो ।

उनिहरु केही दिन पहिले भारतबाट आएर घरकै क्वारेन्टाईनमा बसेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभएको छ । ४० जना व्यक्तिहरुको स्वाब परिक्षण गरिएको र २ जनामा कोरोना देखिएको उहाँको भनाई छ ।

रुपन्देहीको प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा उनिहरुको स्वाब परिक्षण गरिएको हो । यसैबिच लमही नगरपालिका ५ का ३८ बर्षिय एक पुरुषमा पनि कोरोना देखिएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा दुवईबाट आएका ति पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । ति मध्य ६ सय २६ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्