कुसंस्कार परित्याग गरी विज्ञानको अनुशरण गरौं : भट्टराई – Janadesh Daily | ePaper

कुसंस्कार परित्याग गरी विज्ञानको अनुशरण गरौं : भट्टराई


जनादेश, काठमाडौँ ।

जनता समाजवादी पार्टी जसपाका नेता बाबुराम भट्टराईले विश्वकर्मा जयन्ति र राष्ट्रिय विज्ञान दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले मृत विश्वकर्माको पूजा गरिने परम्परा अझैँ रहेपनि जीवित विश्वकर्मालाइ भने छुवाछुतपूर्ण विभेद गर्न नछाडिएको बताएका छन् । उनले शुभकामना व्यक्त गर्दे बसैलाई कुसंस्कार परित्याग गरी विज्ञानको अनुशरण गर्न आग्रह गरेका छन् ।

नेपालमा विज्ञानले स्थान पाउन सकेको अवस्थामा छैन् । विज्ञानका सबै अध्ययन अध्यापन कर्मकाण्डी भइरहेको सन्धर्भमा डा. बाबुराम भट्टराईले तिखो व्याड.्य गर्नु भएको हो ।

यस तर्फ न त राज्यले ध्यान दिएको छ । न त जनस्तरबाट । विज्ञानको प्रयोग सही रुपमा नभएको कारणले नेपाल पछाडि परेको विकास विज्ञहरु बताउँछन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्